प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

बिहिबार, २४ बैशाख २०८३, ७:१२ PM
post-image

काठमाडौँ । प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिश गरिएको छ ।

विहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

प्रधानन्यायाधीशका लागि यसअघि न्याय परिषदले न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संवैधानिक व्यवस्था छ । परिषदको निर्णयपछि उक्त नाम संसदीय सुनुवाइ प्रक्रियामा जान्छ र समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

ML

Mane Lama

·

SaBai raj niti niyukta ho pahilai ko party hos ya ahile ko Khulla pratispada hudain Ab herau kasko pahuchh Mathi rahechh

}