सांसदहरुको अबदेखि विद्युतीय हाजीरी, आजदेखि बायोमेट्रिक विवरण लिइदै

बिहिबार, २४ बैशाख २०८३, ११:१० AM
post-image

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ । सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको हो ।

संसद् भवन सिंहदरबारमा हुने बायोमेट्रिक विवरण सङ्कलनसँगै सांसदहरूको औपचारिक तस्बिर पनि खिचिने सचिवालयले जनाएको छ । त्यसका लागि औपचारिक पोशाकमा सङ्घीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ ।

संसद सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई आज बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र सोही समयमा अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।

त्यस्तै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको भने कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ । 

त्यस्तै शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।

यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समितिका सदस्यहरू बिहान १० बजेदेखि १२ बजेसम्म सभाकक्षमा र सोहि समयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई अर्थ समितिको हलमा उपस्थित हुन सचिवालयले आग्रह गरको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

AD

Arun Dixit

·

सांसदहरुले पनि नैतिकता र अनुशासन जान्नु पर्यो l आफ्नो कार्य क्षेत्रमा न जाने तर तलब चाँही बुझ्ने! अब समयमा हाजिर न हुनेहरुको तलब कट्टा गर्नु होला! माथिबाट नैतिकताको क ख ग सिकाउनु आबश्यक छ!

}