गोकुल बास्कोटाको प्रस्ताव: प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उनले पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेजको विषय उठाउने गरेको उल्लेख गर्दै अब संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको बताएका हुन् । उनले संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्रै रहने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
बास्कोटाले राष्ट्रिय सभालाई १०५ सिटको बनाउनुपर्ने तथा पूर्ण समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै महिला र पुरुषको सहभागिता ५०-५० प्रतिशत हुनुपर्ने प्रस्तव गरेका छन् । त्यस्तै उनले उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिक सिट खारेज गर्नुपर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला–पुरुषको प्रतिनिधित्व ४०–६० प्रतिशत कायम गर्नुपर्ने प्रस्ताव राख्दै उनले जिल्ला समन्वय समिति आवश्यक नरहेको भन्दै त्यसलाई हटाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।
Comments
2 comments · join the conversation
Sitaram Kc
·Yo chahi 1000% right .balen sarkar ko dhyan jaos jaye pashupati nath
Madhav chalise
·कति राम्रो प्रस्थाव । यति राम्रो सानो _ मुलुकमा हुन पर्ने यहि नै हो । धन्यवाद
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.