बजेट अधिवेशन बैशाख २८ देखि बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २२ बैशाख २०८३, ३:४८ PM
फन्ट
बजेट अधिवेशन बैशाख २८ देखि बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

यसअघि  बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो । 

सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

SB

SP Badu

·

अध्यादेशहरु मुलुकको हितमा देखिन्छन। प्रक्रियागत ढंगले गएको भए राष्ट्रिय सभाले पास नगर्ने निश्चित थियो। बालेन सरकारले बैशाख १७ मा बोलाएको अधिबेशन रद्ध गरेर बैशाख २८ मा बजेट अधिवेशन आह्वान गर्नुलाई सकारात्मक रुपमा लिनु उचित हुन्छ।