राष्ट्रपति पौडेलले अन्तत: जारी गरे संबैधानिक परिषदसम्बन्धि अध्यादेश

मंगलबार, २२ बैशाख २०८३, ३:४५ PM
post-image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलले यसअघि पुनर्विचारका लागि फिर्ता गरेको सो अध्यादेश पुन: जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेका हुन् । 

यसअघि आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर पुनर्विचार गर्न सरकारलाई फिर्ता गरेका थिए ।

सरकारले अध्यादेश जारी गर्नुको कारण बारे राष्ट्रपतिलाई पत्र लेख्दै पुन: जारी गर्न सिफारिस गरेको थियो ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}