संसद नचलेपछि हर्क साम्पाङको छटपटी, जवाफदेही बन्न सरकारलाई चेतावनी

मंगलबार, २२ बैशाख २०८३, १२:४५ PM
post-image

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् ।

पत्र लेख्दै साम्पाङले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने मार्ग सञ्चालन गरिरहँदा सरकार निष्क्रिय बनेको आरोप लगाउदै दार्चुलाको दुम्लिङसम्म सडक पुर्‍याउन नसकेको र महाकाली नदी किनार मिचेर बनाइएको बाटोसमेत रोक्न नसकेको आरोप लगाएका छन् ।

उनले कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा नहुने भन्दै चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई सहभागी गराएर चारपक्षीय वार्ता टोली गठन गरी समस्या समाधानतर्फ जानुपर्ने बताएका छन् । साथै सीमामा सेना खटाउनुपर्ने बताउदै उनले सेनालाई व्यक्तिगत सेवामा होइन, राष्ट्रको सीमाको सुरक्षामा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका चाहन- 'सेनालाई सिमानामा खटाउनु ! मंत्रीको गाडीको ढोका खोल्ने काममा होइन, व्यक्तिगत पाले बनाएर राख्ने होइन सिमा रक्षकको रुपमा सेनालाई खटाउनु पर्दैन ? सुकुमबासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता ! सिमानामा पठाउनु ! सिमानामा सेना नभएकै कारण सिमाना मिचिएकोछ !'

साम्पाङले विपद् व्यवस्थापनमा पनि सरकार कमजोर देखिएको उल्लेख गर्दै बाढीपहिरोले क्षति पुर्‍याएका सडक खुलाउन र राहत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा अन्यत्र स्रोत प्रयोग भइरहेको भन्दै आलोचना गरेका छन् । 

उनले विदेशी ऋण लिएर अर्थतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै आर्थिक सुधार गर्न नसक्नेले शासन सञ्चालन गर्न नसक्ने बताउदै राज्य सञ्चालन गर्न नसक्ने अवस्था भए पदबाट राजीनामा दिनसमेत सुझाव दिएका छन् ।

सुकुम्बासी बस्ती हटाउने कार्यप्रति आपत्ति जनाउँदै सबै पक्षलाई समेटेर समाधान खोज्नुपर्ने उनको भनाइ छ । साथै बजेट निर्माण गर्दा सबै दलका सांसदमार्फत जनताका आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष साम्पाङले सरकार पारदर्शी बन्नुपर्ने, पत्रकारमार्फत जनतालाई जानकारी दिनुपर्ने र उठाइएका प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिनुपर्ने माग गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

4 comments · join the conversation

ST

Shyam Timsina

·

ठीक कुरा साम्पाङ जी । सरकारको पृष्ठ्भूमि र काम गराई दुवै ठीक छैन ।

J

Jeevan

·

आफुलाइ माहान ठान्नु को परिणाम । काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर। पहिला के कानुन बनाउनु पर्ने हो तेस्मा गृहकार्य गर्न थाल अरुले गरेको काम टिप्पणी गर्न लाई आफू ले पनि गर्नु परो। धरान मा ढुङ्गा बोकेर पानी ल्याए जस्तो हैन होला यो।

माधब

·

yO SARAI VUKNA THALYO KATAI REBIJ PO LAGEXA KI🤔🤔

DG

dinesh gautam

·

यस्ता मुला गुइठेले के भनो भनेर समाचार लेख्ने तिमी पनि गुईठे नै रछौ 🤣🤣

}