दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सोमबार, २१ बैशाख २०८३, २:२९ PM
post-image

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले उनलाई बन्दीसहित अदालतमा उपस्थित गराउन सोमबार आदेश जारी गरेको छ। साथै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश पनि जारी भएको छ।

अदालतको पेशी विवरणअनुसार यस मुद्दामा पहिलो पटक वैशाख १८ गते माननीय न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेशी चढेको भए पनि उक्त इजलासले मुद्दा 'हेर्न नमिल्ने'  मा राखेको थियो। 

त्यसपछि वैशाख २१ गते सोमबार माननीय न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पुनः पेशी चढेर सुनुवाइ भएको हो। उक्त इजलासले नै भट्टलाई बन्दीसहित उपस्थित गराउन र विपक्षीहरूलाई कारण देखाउन आदेश दिएको छ।

व्यवसायी भट्टलाई सरकारले सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। आगामी सुनुवाइमा भट्टलाई स्वयं अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}