निजी क्षेत्रले जनमतको सम्मान गरेर अगाडी बढोस्- अर्थमन्त्री डा. वाग्ले

सोमबार, २१ बैशाख २०८३, २:२४ PM
post-image

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अहिलेको जनमतलाई सम्मान गरेर अगाडी जानुपर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अहिलेको वास्तविकतालाई स्वीकार गरेर आफुलाई बदलेर अगाडी बढ्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले सरकार असल नियत बोकेर काम गरिरहेको भन्दै निजी क्षेत्रले पुराना कुराहरु छोडेर साथ दिनुपर्ने बताएका छन् । उनले सरकारले चुनावका समयमा सार्बजनिक गरेका बाचा पत्रमा उल्लेखित बुँदाहरु क्रमश कार्यान्वयन गर्दै जाने बताउदै सरकारले तिनै बाचाहरु लागु गर्ने स्पष्ट गरेका छन् ।

उनले कुनै किसिमको सरप्राइज नहुन आग्रह गर्दै हामीले गरेका बाचाहरुलाई पुरा गर्दै जाने बताए । उनले निजी क्षेत्रलाई आतंकित नहुन आग्रह गर्दै उद्योगी व्यवसायीको आवरणमा अपराधिक काम गर्नेहरुलाई भने सरकारले नछोड्ने स्पष्ट गरे ।

अर्थमन्त्री वाग्लेले सरकारले करिब ७ बर्षको समयमा सय बिलियन डलरको अर्थतन्त्र बनाउन गरि काम गरिरहेको बताए । उनले बजेट कस्तो आउछ भनेर गुप्तचरी गर्न नपर्ने भन्दै रास्वपाको बाचा पत्र अनुसारकै बजेट आउने स्पष्ट गरे ।

उनले हाइड्रो र पर्यटनको गीत गाएको धेरै बर्ष भएको भन्दै सबै नयाँ काम सुशासनको जगमा ल्याउने स्पष्ट गरे । उनले सहि नीति सहि नियतका साथ काम गर्ने भन्दै सरकार नडराएर काम गरिरहेको बताए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

J

Jeevan

·

हो हो व्यपारी को नाम मा भ्रष्ट हरु लाई तह लाउनै पर्छ।

}