घट्यो पेट्रोल डिजेलको मूल्य
नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ ।
काठमाडौं, वैशाख १७ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा पुनः समायोजन गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, बिहीबार (वैशाख १८ गते) बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाइएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको निर्णयबाट पेट्रोलमा प्रति लिटर रु. २ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. १२ ले मूल्य कटौती गरिएको छ। यसअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको नयाँ मूल्य प्रति लिटर रु. २१७ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर रु. २२५ कायम हुनेछ। चार आली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जजस्ता पहिलो वर्गका स्थानहरूमा भने पेट्रोल रु. २१४.५० र डिजेल रु. २२२.५० मा पाइनेछ।
अर्कोतर्फ, एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. १५० ले वृद्धि गरिएको छ। १४.२ केजीको ग्यास सिलिन्डरको नयाँ मूल्य रु. २,१६० र ७.१ केजीको सिलिन्डरको मूल्य रु. १,०५० पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ ले बढेर रु. २६९ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४६ ले बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभन प्वाइन्टमै बिक्री मूल्य कायम राखिएको छ।
निगमका अनुसार मध्यपूर्वमा विगत केही महिनादेखि जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहेकाले स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन सकेको छैन। यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ८१ करोड घाटा हुने देखिएको निगमले जनाएको छ।
निगमले उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गरेको छ।

Comments
2 comments · join the conversation
Sujan khadka
·Kasto khalko niyam ho yo ghatauda 2 ghatni ani badhauda 80 badhauni ...
Naina Sharma
·Badhauda 80 badhaune Ghatauda 2 rupaya ghataune
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.