उपकार लघुवित्तले बोलायो ७ औँ साधारणसभा: हकप्रद निष्काशन र मर्जर प्रस्ताव पारित गर्ने तयारी

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १० गते बाँकेको कोहलपुरमा ७ औँ वार्षिक साधारणसभा बोलाएको छ; सभाले हकप्रद सेयर र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने तयारीमा।

Artha Kendra Artha Kendra
बिहिबार, १७ बैशाख २०८३, ११:२९ AM
फन्ट
उपकार लघुवित्तले बोलायो ७ औँ साधारणसभा: हकप्रद निष्काशन र मर्जर प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL)ले आफ्नो ७ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १० गते साधारणसभा बस्ने निर्णय गरेको हो।

सभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सुरू हुनेछ। साधारणसभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न र अन्य लघुवित्तसँग मर्जरमा जान सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। यसैगरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिइने प्रस्तावमा छ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाहको विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकहरूको बाँकी कार्यकाल अनुमोदन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछ।

साधारणसभाको प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ नेप्सेमा वैशाख २९ गतेसम्म कारोबार भएर कायम रहेका शेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन पाउनेछन्।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५ माघ १७ गते स्थापना भई २०७५ चैत १ गतेदेखि कारोबार सुरू गरेको ‘घ’ वर्गको लघुवित्तीय संस्था हो। संस्थाको प्रधान कार्यालय बाँकेको कोहलपुरमा रहेको छ र हाल बाँके र बर्दिया गरी दुई जिल्लामा १५ शाखाबाट सेवा प्रवाह भइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.