बजारमा कृत्रिम खरिद आदेश देखाउनेमाथि नेप्सेको कडाइ : २५% कोल्याटरल अनिवार्य
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सम्पूर्ण कारोबार सदस्यहरूलाई खरिद आदेश प्रविष्ट गर्ने सीमा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । लगानीकर्ताको वास्तविक Collateral Limit भन्दा बढी रकमको खरिद आदेश प्रविष्ट गरी बजारमा कृत्रिम माग देखाउने प्रवृत्तिलाई नियन्त्रण गर्न नेप्सेले यस्तो निर्देशन जारी गरेको हो ।
सुपरिवेक्षण शाखाका वरिष्ठ अधिकृत सन्तोष आचार्यले हस्ताक्षर गरी जारी गरेको परिपत्र २०८३ साल वैशाख १६ गते सबै कारोबार सदस्यहरूलाई पठाइएको हो ।
के देखियो बजारमा ?
नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) को व्यवस्था विपरीत कारोबार सदस्यहरूले लगानीकर्ताहरूको वास्तविक Collateral Limit रकमभन्दा कैयौं गुणा बढी रकमको खरिद आदेश प्रविष्ट गर्दै आएको पाइएको छ ।
साथै, अस्थायी खरिद आदेश प्रविष्ट गरी माग उच्च देखाउने र पछि रद्द गर्ने जस्ता क्रियाकलापले बजारमा नकारात्मक प्रभाव पारेको नेप्सेको ठहर छ ।
यस्ता क्रियाकलाप गर्नेहरूविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही हुने नेप्सेले स्पष्ट चेतावनी दिएको छ ।
मुख्य दुई निर्देशन
नेप्सेले कारोबार सदस्यहरूलाई देहायबमोजिम गर्न निर्देशन दिएको छ :
१. धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) अन्तर्गत कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित ग्राहकबाट अग्रिम रूपमा लिनुपर्ने ।
२. लगानीकर्ताको Collateral Limit भन्दा बढी रकमको खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टि गराउन उपलब्ध गराउने कार्य नगर्ने / नगराउने ।

Comments
1 comment · join the conversation
एक
·एकदम ठिक लाग्यो
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.