सुकुम्बासीको लगत लिने काम सेना प्रहरीको होइन, नदिनु होला- हर्क साम्पाङ

बुधबार, १६ बैशाख २०८३, ११:३८ AM
post-image

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनाले मागेको सुकुम्बासीको विवरण नदिन आव्हान गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी नभएको भन्दै त्यस्तो लगत नदिन आग्रह गरेका हुन् ।

उनले आतंक सिर्जना गर्न खोजिएको भन्दै यो सरासर गलत भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्:  सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !

नेपाली सेनाले सुकुम्बासीको लगत लिइरहेको विषय बाहिरिएपछि सेनाले भने विपद व्यवस्थापनका लागि लिएको जिकिर गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}