कर्पोरेट विकास बैंक लाई कसले “उत्तानो” पार्‍यो? १० कित्ताको कारोबारले २६.०८% ले झर्‍यो मूल्य

मंगलबार, १५ बैशाख २०८३, १०:३१ PM
post-image

आज सेयर बजारमा असामान्य तथा चासोको विषय बनेको कारोबार देखिएको छ। कर्पोरेट विकास बैंक (Corporate Development Bank) को शेयर मूल्य केही सेकेन्डकै अन्तरमा अस्वाभाविक रूपमा तीव्र उतारचढावमा परेको हो।

कारोबार विवरण (फ्लोरसिट) अनुसार, आज दिउँसो करिब २:५९ बजेपछि ४६ नम्बर ब्रोकरमार्फत शेयरको मूल्य क्रमशः बढाउँदै रु. २,३५२.८ बाट रु. ३,१८३ सम्म पुर्‍याइएको देखिन्छ।

 सोही क्रममा ४६ (किन्ने) र ५८ (बेच्ने) ब्रोकरबीचको कारोबारले मूल्य रु. २,५७५ बाट सिधै रु. ३,१६० पुगेको थियो। त्यसपछि ४६ (किन्ने) र ३२ (बेच्ने) ब्रोकरमार्फत मूल्य रु. ३,१८३ सम्म उक्लिएको थियो।

CORBL PRICE INCREASE

तर कारोबारको अन्तिम क्षणमा नाटकीय गिरावट देखियो। १७ नम्बर ब्रोकरले किन्दा ३ नम्बर ब्रोकरमार्फत भएको बेचबिखनमा शेयर मूल्य सिधै रु. ३,१८३ बाट झरेर रु. २,३५३ मा पुगेको देखिन्छ। यो गिरावट करिब २६.०८ प्रतिशत हो, जुन केवल १० कित्ताको कारोबारमा भएको उल्लेखनीय परिवर्तन हो।

CORBL PRICE DECREASE

सोही दिन एउटै कारोबारले करिब २२.७२ प्रतिशतसम्म मूल्य बढाएको थियो भने तुरुन्तै अर्को कारोबारले २६.०८ प्रतिशतले घटाएको देखिन्छ। मिलिसेकेन्डको अन्तरमै भएको यस्तो उतारचढाव ले बजारमा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्। कतिपय लगानीकर्ताले “खेलाडीलाई महाखेलाडीले उत्तानो पारेको” हुनसक्ने अनुमान गरेका छन्।

आज कर्पोरेट विकास बैंकमा भएका अनुचित कारोबारहरू (सबै हेर्नुहोस् 👈)

CORBL UNUSUAL TRADES

समग्रमा हेर्दा, यो कारोबार नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रचलित नियमभित्रै पर्ने देखिन्छ। तर पछिल्लो समय देखिएको ‘सर्किट सेटअप’ शैलीको कारोबार ले बजारको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको छ।

सामान्यतया, विद्यमान नियमअनुसार एकै पटकमा मूल्य करिब ३ प्रतिशतभन्दा बढी घटबढ हुन नपाउने व्यवस्था छ। तर ‘मार्केट अर्डर’ प्रयोग हुँदा यो सीमा प्रभावकारी रूपमा लागू नभएको देखिन्छ। पुराना बाँकी रहेका बिक्री आदेशहरू मार्केट बाइमार्फत अन्तिम मूल्यमा समेटिने भएकाले यसको दुरुपयोग गरी मूल्य हेरफेर गरिएको आरोप लगाइँदै आएको छ।

आजको यो घटनाले बजारको संरचना, अर्डर म्याचिङ प्रणाली र निगरानी संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

2 comments · join the conversation

RD

Raju Dangal

·

यो खेलाडीले अपरेटरले जानीजानी गरेको हो यसमा कोही दुविधा नरहदा हुन्छ

RD

Raju Dangal

·

यो खेलाडीले जानीजानी गरेको कार्य हो यसमा कुनै दुविधा नपर्नुहोला।

}