बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा
संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।
बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्द छन । दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता पाउन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
उनले भने,‘विभिन्न बहनामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना गरिरहेको छन्, जसले गर्दा आज बारा जिल्लाको दैनिक १२ हजार लिटर दुग्ध बिक्री भईरहेको छैन र दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको हो ।’
संघले दुग्ध किसानको देशका निजी डेरी उद्योगहरुद्वारा बारा जिल्ला भित्रका सहकारी मार्फत विगत ३ महिनादेखि बाँकी रहेको रकम रु. १८ करोड भन्दा बढी दुग्धको रकम अबिलम्ब भूक्तानी गराउनु पर्ने, हाल किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनु पर्ने, अनियमित रुपमा आयातित दुग्ध एवं दुग्ध जन्य पदार्थहरुलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्ध जन्य पदार्थ नेपाल सरकारको कुटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने, दुग्ध किसानलाई यस पेशामा जोगाई राख्न कृषि कर्जामा अनुदान कार्यक्रम विगत वर्षमा झैं यथासिघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधीमा भैरहेको मूल्य बृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गरिनु पर्ने, दुग्धमा प्रति लिटर ५ रूपैयाँ नुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्ध जन्य पदार्थमा अनुदानको व्यवस्था गराउनुपर्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ निर्यातका लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखि पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन ।
दुधको भूक्तानी नपाएसम्म आन्दोलन गर्नै दुग्ध सहकारी संघको चेतावनी
यसैबीच, केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गर्ने चेतावनी दिएका छन् ।
भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वर सापकोटाले बताए । उनले भने,‘नेपाल सरकारसँग मिति २०८० मंसिर २६ गते सम्झौता भएकोमा उक्त सहमती कार्यन्वयन नभएको र दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर सामेत देखिदैन । उता भारतीय दुधले बजार पाउँदा स्वदेशमा उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको रकम समेत नपाएको हुदाँ आन्दोलन बहेक अन्य कुनै बिकल्प नभएका करण हामी आन्दोलन गर्नै बाध्य छाैं।’
६६ जिल्लाका एक हजार सात सय पचास बढी सहकारी आवद्घ रहेको केन्दीय दुग्ध सहकारी संघ लिको समेत सहभागितामा दुग्ध उत्पादक कृषकहरुले दुग्ध बिक्री वापत पाउनुपर्ने रकम भूक्तानी लगायतका विषयमा फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म सबै जिल्लाका राजमार्गमा शान्ति पूर्ण रुपमा चक्का जान गर्ने, फाल्गुन २१ गतेदेखि माईतीघर मण्डलामा माग पूरा नभए सम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने, मुलुकका १५ वटा किसान संगठनद्वारा घोषित सम्पूर्ण आन्दोलनलाई सशक्त बनाई वृहत किसान आन्दोलनद्वारा घोषित मागहरु पूरा गर्न निरन्तर आन्दोलित हुने जानाएको छ ।
संघले मुलुक भरीका दुग्ध किसानको पेशागत हकहित संरक्षणका लागि घोषित आन्दोलनलाई सशक्त बनाउन योगदान गर्ने र आन्दोलनलाई साथ समर्थन, सहभागिता तथा सकरात्मक विचार प्रवाहका लागि राजनितीक दल, संघ संस्थाहरु, किसान महानुभावहरु, सहकारी कर्मीहरु, जनप्रतिनिधीहरु एवम् आम जनतालाई अनुरोध समेत गरेको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.