संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल- २०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १५ बैशाख २०८३, ४:३३ PM
फन्ट
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

काठमाडौँ । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गर्दैछ ।

कार्यदलले सोमबार संविधानविद्हरूसँग छलफल गरेको थियो । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम यो परामर्श प्रक्रिया अघि बढाएको हो। कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.