शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १५ बैशाख २०८३, २:५५ PM
फन्ट
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, १५ वैशाख - सर्वोच्च अदालतले उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।

गोल्छाकी श्रीमती सीमा गोल्छाले सोमबार सर्वोच्चमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सुनुवाइ गर्दै यो आदेश जारी गरेको हो।

इजलासले गोल्छालाई रिहा गर्नु नपर्ने आधार र कारण भए सोसहितको लिखित जवाफ बन्दीसँगै सोही अवधिभित्र पेस गर्न पनि निर्देशन दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.