नेपाल बैंकको खुद नाफा बढ्यो, इपीएस २५.३४ रुपैयाँ पुग्यो
नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चैत मसान्तसम्मको तथ्यांक हेर्दा बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशतले बढेर रु. २ अर्ब ७९ करोड २९ लाख ८१ हजार पुगेको छ। गत वर्षको चैत मसान्तसम्म बैंकको खुद नाफा रु. २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रहेको थियो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य सुधारसहित २५.३४ रुपैयाँ पुगेको छ। गत वर्षको चैत मसान्तमा यो सूचक २५.२६ रुपैयाँ रहेको थियो। यसैगरी प्रतिसेयर नेटवर्थ रु. २७२.७९ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.९७ गुणा कायम भएको छ।
परिसम्पत्ति गुणस्तरतर्फ बैंकले उल्लेखनीय सुधार देखाएको छ। एक वर्षअघि चैत मसान्तमा ५.४५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा घटेर ४.९६ प्रतिशतमा झरेको छ।
आम्दानीको पाटोमा बैंकको खुद ब्याज आम्दानी २.९९ प्रतिशतले बढेर रु. ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार पुगेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी रु. ७ अर्ब १० करोड ७ लाख ५२ हजार थियो। तर बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने ९.२१ प्रतिशतले घटेर रु. ६८ करोड ४३ लाख ६२ हजारमा सीमित भएको छ; अघिल्लो वर्षको चैत मसान्तसम्म यो आम्दानी रु. ७५ करोड ३८ लाख १३ हजार रहेको थियो।
कुल सञ्चालन आम्दानी २.४५ प्रतिशतले बढेर रु. ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार पुगेको छ भने सञ्चालन नाफा १.२५ प्रतिशतले बढेर रु. ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार कायम भएको छ। एक वर्षअघि बैंकको कुल सञ्चालन आम्दानी रु. ८ अर्ब ५६ करोड ८६ लाख १४ हजार र सञ्चालन नाफा रु. ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार थियो।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा रु. ३२ करोड १३ लाख ३४ हजार पुगेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता २.९२ प्रतिशत देखिन्छ। गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा रु. ३० करोड ६२ लाख १८ हजार रहेको थियो।
पुँजी संरचनातर्फ बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रहेको छ भने जगेडा कोषमा रु. २५ अर्ब ६ करोड ८८ लाख २७ हजार जम्मा भएको छ।
निक्षेप र कर्जातर्फ पनि बैंकको आकार उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले रु. ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख ४ हजार निक्षेप संकलन गरी रु. २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख ५ हजार कर्जा लगानी गरेको छ। एक वर्षअघि सोही अवधिमा बैंकको कुल निक्षेप रु. ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार र कर्जा लगानी रु. २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रहेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.