साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने, लगानीकर्ताको हात खाली

शुक्रबार, ११ फाल्गुण २०८०, ५:४८ PM
post-image

काठमाडौ, ११ फागुन । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बिहीबार बसेको सञ्ञचालक समितिको बैठकले उक्त नाफा नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको हो ।

साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने जनाएको हो । साथै, ज्योति लाइफ इन्स्योरेन्सका अनुसार पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको हो ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}