हर्कको बालेनलाई सुझाव- पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्नु !
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुरानो जुङ्गाको लडाई छोड्न सुझाव दिएका छन् ।
सरकारले काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरु गरेपछि साम्पाङले प्रधानमन्त्री बालेनलाई पुरानो जुङ्गाको फाइट छोड्न आग्रह गरेका हुन् ।
उनले जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन भन्दै पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्:
बालेन जी... तपाइँलाई मेरो सुझाव "जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !"
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.