ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा राय सुझाव आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ ।

Artha Kendra Artha Kendra
शनिबार, १२ बैशाख २०८३, १२:५० PM
फन्ट
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा राय सुझाव आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेश गरेको थियो ।

मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ ।

सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ । इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् । मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

3 comments · join the conversation

PB

Prabhulal bc

·

पेट्रोल ,डिजेल वाला सबारीलाई बिस्तारै बिस्ताबित गरि इलेक्टि्रकल सबारी साधन , खानापकाउन , ल्गायत अन्न्ये इलेक्टि्रकल सदनमा उपयोग बढयए र बिधुत्को मूल्य घटायर जनताहरुलाई बिधुत खपत बडाउन आवान गर्नु पर्छ।

B

Bipul

·

१००० unit माथि मासिक खपत गर्ने सवै उधोग संस्था २० उधोग वरावर १ सरकारी कर्मचारि को मासिक भिजिट उधोग विस्तार मा सहयोग तथा सिप विकास मा सहयोग र विधुत खपत विस्तार मा योजना साथै निगरानि आवस्यक छ सरकार संग सरोकार जोडिनु परछ

DA

Dhadkan Adhikari

·

गाउँ घरमा जङ्गल बठेर किसान लाई सास्ती भएकाे छ , जङ्गलकाे सदुपयाेग गरि घराएसि काम तथा भट्टा मा दाउरा काे पर्याेग र डिजेल पेटाेल भन्दा ईलेकटिक गाडि हरुलाई सहजिकरण गर्नु पर्छ ता कि हाम्रो देश काे बिजुलिकाे सदुपयोग हास र अायत कमहाेस् , गाेबर ग्यास जैविक ईन्धनलाई अाधुनिकता सङ्ग जाेड्नु पर्छ