कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा, कसले दिन मिल्छ आबेदन ?

शुक्रबार, ११ फाल्गुण २०८०, १२:१२ PM
post-image

काठमाडौ, ११ फागुन । कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

कम्पनीको सुचनामा उल्लेख गरे अनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने छ । सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}