हर्कको रविलाई प्रश्न- रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्दै सुकुम्बासीलाई गरेको बाचा बिर्सिएको आरोप लगाएका छन् ।
सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि साम्पाङले लामिछानेलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो ? भन्ने प्रश्न गर्दै बाचा बिर्सिएको आरोप लगाएका हुन् ।
उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर 'चुपचाप घण्टीमा छाप' भन्दै भोट मागेको स्मरण गराउदै बचनको पक्का देखियो भन्ने व्यंग्य गरेका छन ।
उनले भनेका छन्:
रबी जी... तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।
Comments
2 comments · join the conversation
Bhai Kaji Rayamajhi
·हुकुम्बसीलाई हटाउन खोज्दा सुकुम्बासी को नाम लिँदा अप्ठेरो लागेन माननीय ज्यू
Jagadish Chandra Ghimire
·सुकुम्बासी भन्दैमा जहा बस्न नि पाउने हो, हर्क भाई, नियम कानुन लाग्दैन।
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.