नेपाल स्टकको वेबसाइटमा फेरि समस्या, चल्न छोड्यो वेबसाइट

आजको कारोबार समयदेखि नै वेबसाइट चल्न छोडेको हो।

Artha Kendra Artha Kendra
शुक्रबार, ११ बैशाख २०८३, ११:३० AM
फन्ट
नेपाल स्टकको वेबसाइटमा फेरि समस्या, चल्न छोड्यो वेबसाइट

बारम्बार बिग्रिने नेपाल स्टक एक्सचेन्ज (NEPSE) को वेबसाइटमा पुनः समस्या देखिएको छ। आजको कारोबार समयदेखि नै वेबसाइट चल्न छोडेको हो।

वेबसाइटसँगै NEPSE ले मासिक शुल्क लिएर प्रदान गर्दै आएको API सेवामा पनि उस्तै समस्या देखिएको छ। मुख्य प्रणालीमै समस्या आउँदा तेस्रो–पक्ष एप तथा वेबसाइटहरूमा समेत डेटा अवरुद्ध भएको छ।

यसरी पटक–पटक समस्या आउने र शुल्क तिरेर लिइएको सेवा समेत मुख्य वेबसाइट डाउन हुँदा प्रयोग गर्न नसकिने अवस्थाले NEPSE प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

यस विषयमा NEPSE का सूचना अधिकारी तथा IT टिमसँग सम्पर्क गर्न खोज्दा कसैको फोन नउठेको गुनासो समेत आएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

N

Np

·

के भैराछ हो खाली माइन्स मात्रै हुन्छ