सुकुम्बासी बस्ती खाली गर्ने निर्णय भएको छैन- प्रवक्ता पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा निर्णय नभएको बताएका छन् ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै सरकारका प्रवक्ता समेत रहेका पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्मा केही निर्णय नभएको स्पष्ट गरेका हुन् ।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको विषय बाहिरिएपछि सञ्चारकर्मीहरुले प्रश्न सोधेका थिए ।
काठमाडौं महानगरको मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पनि तत्कालीन सरकारको असहयोगका कारणले सफल हुन सकेको थिएन ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.