नक्कली नोट सहित एक जना बाराबाट पक्राउ
बारा, ११ फागुन । बाराको निजगढ नगरपालिका-९ स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.