नेप्से १३.१७ अंकले घट्यो, ५ अर्ब ४३ करोडको कारोबार
काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, पाल्पा सेन्ट र शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.३५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी होटल फरेष्ट इन्को ३६ करोड एक लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको २९ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.