अमेरिकी डलर भाउ घट्आयाे, युरो र पाउण्डको भाउ भने बढ्याे
काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। अमेरिकी डलर भाउ आज घटेको छ भने युरो र पाउण्डको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउ २१ पैसाले घटेको हो। बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा थियो।
शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसाले बढेको हो। बिहिबार यसको खरिददर १४३ रूपैयाँ र बिक्रीदर १४३ रूपैयाँ ६५ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ५६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ। बिहिबार यसको खरिददर १६७ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७८पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीदर २७ रूपैयाँ ८१ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७९ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.