नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर ९.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ६१ करोड ८० लाख बराबर कारोबार भएको छ भने नेशनल हाइड्रोको ५५ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.