नेरुडे लघुवित्तको आज साधारण सभा, लगानीकर्ताहरुको हात खाली

नेरुडे लघुवित्तको साधारण सभा आज बस्दैछ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ११ फाल्गुण २०८०, १०:१३ AM
फन्ट
नेरुडे लघुवित्तको आज साधारण सभा, लगानीकर्ताहरुको हात खाली

काठमाडौं, ११ फागुन । नेरुडे लघुवित्तको साधारण सभा आज बस्दैछ । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीका अनुसार कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले यस वर्ष लगानीकर्ताहरुको हात खाली हुने छ । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको र कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.