नेरुडे लघुवित्तको आज साधारण सभा, लगानीकर्ताहरुको हात खाली

काठमाडौं, ११ फागुन । नेरुडे लघुवित्तको साधारण सभा आज बस्दैछ । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीका अनुसार कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले यस वर्ष लगानीकर्ताहरुको हात खाली हुने छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको र कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।