निर्धन उत्थान लघुवित्तको आज एजीएम, यस्ता छन् एजेन्डा

शुक्रबार, ११ फाल्गुण २०८०, १०:२६ AM
post-image

काठमाडौं, ११ फागुन । निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दैछ । लघुवित्तको सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

यसअघिनै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाइसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत वर्ष भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}