निर्धन उत्थान लघुवित्तको आज एजीएम, यस्ता छन् एजेन्डा
काठमाडौं, ११ फागुन । निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दैछ । लघुवित्तको सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
यसअघिनै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाइसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत वर्ष भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.