मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

सोमबार, ३० चैत २०८२, ११:५६ AM
post-image

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूको  सम्पत्ति विवरण प्रति टिप्पणी गर्दै देश लंका बनेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन र सम्पत्तिलाई खेतबारीमा फुलेको तोरीसँग तुलना गर्दै बास्कोटाले देश लंका बनेको बताएका हुन् ।

उनले भनेका छन्- 'आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ- सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ- झिक्कै झिक्कै मया तम्लाई !'

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात उल्लेख रहेको प्रति सामाजिक सञ्जाल र मिडियामा टिप्पणी भइरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}