गृहमन्त्री सुदन गुरुङको सम्पत्ति कति छ ?
काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नगदसहितको करोडौको सम्पत्ति रहेको खुलेको छ ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार मन्त्री गुरुङको विभिन्न बैंकमा ६१ लाख ३५ हजार नगद रहेको छ भने शेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको छ ।
गुरुङको होप होल्डिङ्स प्रालिमा ३० लाख बराबरको ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ भने लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख बराबरको ५ हजार ७ सय थान साधारण सेयर रहेको उल्लेख छ । त्यस्तै, धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी मन्त्री गुरुङको एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान शेयर रहेको विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले पैतृक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण पेश गरेका छन् । त्यसैगरी उनको धनकुटामा लगानीबाट प्राप्त आय बाट १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरेका छन् भने चितवनमा पिता दिल बहादुर गुरुङको नाममा ३० कठ्ठा र गोरखामा बाजे रामसल गुरुङ तथा परिवार (बाँडफाँड नभएको) को नाममा २२१ रोपनी जग्गा रहेको उल्लेख छ ।