विश्वप्रसिद्ध टिकटकर खाबी लामको सम्पत्ति शुन्य ! डिभोर्सपछि खुलासा
काठमाडौँ । विश्वप्रसिद्ध टिकटकर खाबी लाम वैवाहिक विवादका कारण चर्चामा आएका छन् । उनकी पत्नीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिँदै सम्पत्तिको आधा हिस्सा मागेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।
प्राप्त विवरण अनुसार मुद्दाको क्रममा खाबी लामको नाममा प्रत्यक्ष रूपमा कुनै सम्पत्ति नरहेको भएपछि अहिले उनको डिभोर्सको चर्चा संसार भर भइरहेको छ । उनका सम्पत्ति र आर्थिक स्रोतहरू बुबाको नाममा दर्ता रहेको बताइएको छ ।
उनकी पत्नीले छुट्टै बस्दै आएको अवस्थामा सम्पत्तिको आधा हिस्सामा दाबी प्रस्तुत गरेकी छन् । तर वास्तविक अवस्था र कानुनी प्रक्रिया सम्बन्धी थप विवरण अझै स्पष्ट भइसकेको छैन ।
विश्वस्तरमा ठूलो प्रभाव राख्ने खाबी लाम टिकटकमा सबैभन्दा बढी पछ्याइएका व्यक्तिमध्ये पर्छन् । उनीसँग १६ करोडभन्दा बढी फलोअर रहेका छन् र उनी बिना आवाजका भिडियो बनाएर विश्व भर चर्चित छन् ।
उनको सम्पत्ति करिब दुई करोड डलर बराबर रहेको अनुमान गरिएको छ । तर पछिल्ला दाबीहरूले उक्त सम्पत्ति संरचनाबारे प्रश्न उठाएका छन् ।
२६ वर्षका खाबी लामले सन् २०२३ नोभेम्बरमा डेनमार्क-दक्षिण अफ्रिकी मोडल वेंडीसँग गोप्य रूपमा विवाह गरेका थिए । उनी आफ्नो निजी जीवनलाई सधैं सार्वजनिक नजरबाट टाढा राख्दै आएका कारण हालको घटनाले थप चासो बढाएको छ ।
कोरोना महामारीका बेला जागिर गुमाएपछि उनले सरल तरिकाले जटिल जीवन शैलीसम्बन्धी भिडियो बनाएर लोकप्रियता कमाएका थिए । उनी हाल टिकटकका सबैभन्दा प्रभावशाली क्रियटर मानिन्छन् ।