खुस्बु ओलीको सरकारलाई प्रश्न- इन्धनमा भन्सार छुट दिएरपनि जनताले राहत किन पाएनन् ?
काठमाडौँ । राप्रपा सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि जनताले त्यसको महसुस गर्न नसकेको बताएकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद ओलीले मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गरेको उल्लेख गर्दै सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि जनताले त्यसको महसुस गर्न नसक्नु व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता हो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? भन्दै सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल भएको आरोप लगाएकी छन् ।
उनले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने नभएर प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने हुनुपर्ने बताएकी छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.