उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित बनेको छ । महासंघले यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेका बेला पाटन उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन अनिश्चित बनेको हो ।
महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेउवा महासंघमा अवैधानिक ढंगबाट सदस्य थपिएको भन्दै निर्वाचसहितको वार्षिक साधारण रोक्न माग गर्दै उच्च अदालतमा दायर रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न आदेश दिएका छन् ।
योसंगै महासंघको साधारण सभा र निर्वाचन अनिश्चित बनेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.