संसदमा मागियो तीन मन्त्रीको राजीनामा

बिहिबार, १० फाल्गुण २०८०, १:३४ PM
post-image

काठमाडौं, १० फागुन । प्रतिनिधिसभामा तीनजनाको मन्त्रीको राजीनामा मागिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीनजना मन्त्रीको राजीनामा मागेको हो ।

एमालेले विभिन्न घटना र प्रकरणमा मुछिएका र छानबिन समितिले दोषी देखाइएका तीन मन्त्रीको राजीनामा मागेको हो । 

बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि एमाले सांसद रघुजी पन्तले पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किराँतीले तत्काल राजीनामा दिनुपर्ने र उनीहरुले नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।

आफूहरुले उठाएका मागलाई बेवास्ता गरे चुप लागेर नबस्ने उनको चेतावनी छ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}