देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

बुधबार, २५ चैत २०८२, १:२६ PM
post-image

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अभियोगमा आवश्यक प्रक्रिया अघि बढिसकेको छ ।

हाल देउवा दम्पती उपचारका लागि हङकङमा रहेकाले पक्राउ गर्न सकिएको छैन ।

यसअघि गत भदौ २४ गते बूढानीलकण्ठस्थित उनीहरूको निवासमा आगजनी हुँदा केही नगदसमेत फेला परेको दाबी गर्दै भिडियो सार्वजनिक भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}