वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन
काठमाडौँ । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ ।
विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि अप्रिल ५ सम्म ६५ महिला र १७१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३ समूहका ७३ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा ३ समूहका ३४ आरोहीले अनुमति लिएका छन् ।
त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक ३७ जना छन् भने अमेरिकाका २५ जना रहेका छन् । त्यस्तै क्यानडाका १७ जना र पोल्याण्डका १५ जना रहेको विभागले जनाएको छ ।
यी अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.