२६ चैतपछि ओली र लेखक रिहा हुने

सोमबार, २३ चैत २०८२, ७:५८ PM
post-image

काठमाडौं, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी प्रकरणमा २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको छ। साथै, सो अवधिभित्र अनुसन्धान पूरा हुन नसके दुवैजनालाई हिरासतमुक्त गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो। अदालतले फौजदारी कार्यविधि अनुसार प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान सकेर कानुनबमोजिम अघि बढ्न निर्देशन दिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागू हुने गरी तेस्रोपटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद सकिएसँगै आगामी २६ चैतमा दुवैजनालाई रिहा गर्नुपर्ने अवस्था बनेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}