स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १० फागुन । स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ ।
फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार नहुने भएकोले गर्दा कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।