स्टक ब्रोकर्स एसोसिएसन र अर्थमन्त्रीबीच भेट: पूँजीबजार सुधार र लगानीकर्ता सुरक्षामा जोड, सेयर बजारमा डर होइन, विश्वास बढाउँदैछौं
२३ चैत, काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको कार्यसमिति तथा पूर्व अध्यक्षहरूको टोलीले आज अर्थमन्त्रलयमा अर्थमन्त्रीसँग भेट्घाट गर्दै पूँजीबजारसम्बन्धी विभिन्न सुझाव प्रस्तुत गरेको छ।
भेटका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले संस्थागत लगानीकर्तालाई सेयरबजारमा सहज बनाउने तथा लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्ने विषयमा जोड दिएका छन्। उनले पूँजीबजार पारदर्शी क्षेत्र भएकाले लगानीकर्ताले अनावश्यक रूपमा नअत्तिन आग्रह गरे।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसलाई निरुत्साहित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारे। उनले वर्तमान सरकार २०४८ सालपछिकै सबैभन्दा उदार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अझ विस्तार गर्ने नीति लिइएको बताए।
त्यसैगरी, पूँजीबजारमा सम्भावित चलखेल नियन्त्रण गर्न नियामक निकायलाई सुदृढ बनाइने र धितोपत्र बोर्डलाई थप चूस्त बनाइने विषयमा पनि अर्थमन्त्री वाग्लेले जोड दिए।
अर्थमन्त्री वाग्लेले पूँजीबजार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई अनुकरणीय व्यवसायका रूपमा विकास गर्ने धारणा व्यक्त गरे। उनले नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना आवश्यक रहेको समेत बताए।
सेयर बजारमा सम्पत्ति शुद्धीकरणको नाममा मात्रै कडा कदम नचालिने उल्लेख गर्दै वाग्लेले पूँजीबजारमा सबै कारोबार पारदर्शी रहेको र करसम्बन्धी विवरणसमेत स्पष्ट हुने भएकाले लगानीकर्ताले डराउनुपर्ने अवस्था नरहेको बताए। साथै, बजार बिथोल्ने गरी कुनै पनि प्रकारको लक्षित धरपकड गर्ने सरकारको मनसाय नरहेको उनले प्रष्ट पारे।
भेटमा सहभागी ब्रोकर्स सदस्यहरूले साना लगानीकर्ताको मनोबल खस्किएको उल्लेख गर्दै अर्थमन्त्री, नेप्से र धितोपत्र बोर्डको संयुक्त पत्रकार सम्मेलन आवश्यक रहेको सुझाव दिएका थिए। यसमा अर्थमन्त्री वाग्लेले बजारमा विश्वासको वातावरण बनाउने जिम्मेवारी सरकारको पनि भएको भन्दै आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।
ब्रोकर्सहरूको तर्फबाट कानून उल्लङ्घन गर्नेहरूलाई कडा कारबाहीभन्दा आर्थिक जरिवानामार्फत सुधारतर्फ लैजानुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।
स्टक ब्रोकर्स एसोसिएसनका महासचिव भक्तिराम घिमिरेको नेतृत्वमा उक्त टोली अर्थमन्त्रलय पुगेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.