नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अबदेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन हुने भएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २३ चैत २०८२, ११:२१ AM
फन्ट
नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अबदेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन हुने भएको छ ।

 सरकारले इन्धनको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।

नेप्सेले सञ्चालक समितिले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न अब कारोबार सोमबारदेखि शुक्रबारसम्म हुने छ भने आइतबार कारोबार बन्द हुने छन् । 

यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.