नेरुडे लघुवित्तको ११ फागुनमा बस्दै छ साधारणसभा; लगानीकर्ताहरुको हात रित्तै

बिहिबार, १० फाल्गुण २०८०, ११:२ AM
post-image

काठमाडौं, १० फागुन । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ११ गते उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले यसअघि नै सभामा लाभांश वितरण नगर्ने जनाएको छ जसकारण लगानीकर्ताहरुको हात खली हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}