सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिहिबार, १० फाल्गुण २०८०, ११:४८ AM
post-image

काठमाडौं, १० फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार नहुने भएकोले गर्दा कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ ।

कम्पनीले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}