कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति
काठमाडौं । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ । कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो ।
समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।
समितिले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय सल्लाह-सुझाव सहितको प्रतिवेदन पेस गर्ने छ । समितिलाई सात दिनको समय दिइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.