एमसीसी खारेज गर्न संसदमा हर्क साम्पाङको माग

बिहिबार, १९ चैत २०८२, ३:५५ PM
post-image

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले विकासका नाममा गरिएका असमान सन्धिहरु खारेज गर्नुपर्ने बताउदै एमसीसी खारेज गर्न माग गरेका हुन् ।

बैठकमा समयमा शुरु नहुने विषयमा असन्तुष्टि जाहेर गर्दै तोकिएको समय भन्दा आज पनि बैठक १६ मिनेट ढिलो भएको र अबदेखि बैठक समयमै शुरु हुनुपर्ने माग गरेका छन् ।

उनले बैठकमा विपक्षी सांसदहरुलाई तोकिएको समयप्रति असन्तुष्टि जनाउदै जनताका विषय राख्न समय पाउनुपर्ने बताए । 

उनले  डिस्कोर्डमा बनाइएको योजना, भदौ २३ गतेको आन्दोलनमा विद्यालयका बालबालिकालाई ड्रेसमा बोलाउने र आन्दोलनमा लगाउने, भदौ २४ को विध्वस्तको छानबिन गर्न आयोग गठन गर्न माग गरेका छ ।

अध्यक्ष साम्पाङले पूर्व मन्त्री र सांसदहरुको मात्र सम्पत्ति छानबिन गरेर नहुने बताउदै हालका प्रधानमन्त्री, मन्त्री र सांसदहरुकै सम्पत्ति छानबिन गरेर सुशासनको शुरुवात गर्नुपर्ने बताए ।

उनले किसानका समस्या समाधान नगरेसम्म देशको आर्थिक वृद्धि नहुने बताउदै योजना बनाउदा किसानलाई केन्द्रमा राख्न माग गरेका छन् ।

उनले संसदको पहिलो बैठकमै सरकारले विपक्षी दलहरुसँग छलफल गरेर योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}