नेप्से १९.७० अंकले बढ्यो, ११ अर्ब ११ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले बढेर २८५१. ०९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकको ८.९६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ४८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४० करोड ३८ लाख बराबरको कारोबार भएको छ ।