अदालत दिएन महेश बस्नेतलाई पक्राउ अनुमति

सोमबार, १६ चैत २०८२, ६:४७ PM
post-image

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले जिल्ला अदालत काठमाडौँले आफुलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको विषय स्वागतयोग्य भएको बताएका छन् ।

प्रहरीले शोभा पाठकको निवेदनमा अदालतमा सोमबार बस्नेतलाई पक्राउ गर्न मागेको अनुमति जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको थियो ।

नेता बस्नेतले अदालतले अस्वीकार गरेको कदम स्वागतयोग्य भएको बताउदै निरंकुस बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा अराजक तत्वलाई उचालेर झुटा मुद्धा लगाउँदै काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको उल्लेख गरेका छन् ।

उनले प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}