नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला

मंगलबार, ८ फाल्गुण २०८०, २:१८ PM
post-image

काठमाडौँ, ८ फागुन । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेका छन्। लिलामी आज अर्थात २०८० फागुन ८ देखि चैत्र १२ गतेसम्म खुला भएको हो ।

यसमा  पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीहरुले जनाएका छन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेहुन्छ । आवेदकहरुले चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । 

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}