सुनको भाउ स्थिर, चाँदीको कतिमा हुदैछ कारोबार ?
काठमाडौ, ८ फागुन । नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो । यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.